नियम २२
लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको योग्यता
: ऐनको दफा ४८ -को “उपदफा (१) बमोजिमको लेखा सुपरिवेक्षण समितिको संयोजक तथा सदस्य हुन देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ :-

(क) सम्बन्धित सहकारी संस्थाको सदस्यता लिएको कम्तीमा तीन वर्ष पूरा भएको, तर प्रारम्भिक साधारण सभाबाट निर्वाचित हुने लेखा समितिका संयोजक तथा सदस्यहरूको हकमा यो खण्ड लागू हुनेछैन ।

(ख) संस्थालाई तिर्नु, बुझाउनुपर्ने बेरुजु बा भाखा नाघेको कर्जा वा बक्यौता रकम नरहेको,

(ग) संस्थाले आफैँ वा अन्य निकायको तर्फबाट आयोजना गरिने लेखापालन बा लेखापरीक्षणसँग सम्बन्धित तालिम लिएको ।